गण्डकीमा २ लाख ६३ हजारले लगाए खोप

काठमाडौं, साउन २९ गते । कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् ।

राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा गौतमले करिब ४५ लाख ९३ हजार हजार ५२६ जनाले खोपको पहिलो मात्रा पाएको बताउनुभयो । नेपालमा तीन प्रकारको खोप सञ्चालन भइरहेको छ । जसमा कोभिशिल्ड, जोन्सान एण्ड जोन्सन र भेरोसेल खोप सञ्चालमा छ । बिहीबारसम्म २९ लाख २२ हजार २४० जनाले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् ।

 

बिहीबारसम्म छ लाख २३ हजार ४०२ जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ५८३ जनाले कोभिशिल्ड दोस्रो डोज लिएका छन् । कोभिशिल्डको पहिलो मात्रा लिनेमा १८ हजार ६८ हजार ४२५ जना छन् ।

 

त्यस्तै २७ लाख २५ हजार १०१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने १० लाख ८३ हजार ४०३ जनाले दोस्रो मात्रा प्राप्त गरिसकेका छन् । साथै १२ लाख १५ हजार ४३५ जनाले जोन्सन एण्ड जोन्सनविरुद्धको खोप लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा दुई लाख ६३ हजार चार सय जनाले भेरोसेलको पहिलो मात्रा लिएका छन् । साथै ७९ हजार ४१३ जनाले दोस्रो मात्रा लगाएका छन् । गण्डकी प्रदेशमा जोन्सन खोप ९९ हजार १५ जनाले लगाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा चार हजार ७२२ जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् भने ६३ हजार ५४६ जनाले दोस्रो डोज लिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...