लोकतान्त्रि खेलकुद संघको आयोजनामा पोखरा रंगशालामा बृक्षारोपण (फोटो फिचर)

पोखरा, साउन ३० गते । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा बृक्षरोपण गरिएको छ । पोखरा रंगशालाभित्र ५० वटा बिभिन्न जातका विरुवा रोपिएको लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेलले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मार्मिलामन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा बृक्षारोपा गरिएको हो ।

कार्यक्रममा बोल्दै थापाले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुलाई सहज हुने कानून निर्माणलाई प्राथमिकता दिने बताउनुभयो । कानून र सञ्चार क्षेत्र आफनो मन्त्रालयको क्षेत्राधिकार भएकाले खेलकुद र सञ्चारमैत्री कानून निर्माणमा भुमिका खेल्ने छु उहाँले भन्नुभयो,‘खेलाडीलाई खेल्ने वातावरण सृजनाका लागि प्रदेश सरकारले भुमिका निर्वाह गर्नेछ ।’ उहाँले पोखरा रंगशालामा भौतिक पूर्वाधार निर्माण भैरहेको बताउदै यसले खेलकुद क्षेत्रलाई व्यवसायीक र व्यवस्थित गराउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरेको बताउनुभयो ।उहाँले पोखरामा रंगशालामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि छलफल भैरहेको समेत बताउनुभयो ।


नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार शेरचनले संघको स्थापना दिवसको अवसरमा रचनात्मक काम गरौ भन्ने योजना अनुसार रंगशालामा बृक्षारोपण गरिएको बताउनुभयो ।रंगशालालाई हरियाली बनाउदै खेलाडीहरुलाई खेलेर छहारीमा थकाई मार्ने अवस्था बनोस भन्नका लागि बृक्षारोपण गरिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक खेलकुद संघले खेलकुद क्षेत्रमा भएका विकृति विसंगति विरुद्ध आवाज उठाउने बताउनुभयो ।

नेपाली खेलकुद क्षेत्रमा अहिले बिकृति र विसंगती मौलाएको छ उहाँले भन्नुभयो, ‘त्यसको अन्त्यका लागि हामी लाग्छौँ ।’ उहाँले हालै जापानको टोकियोमा सम्पन्न ओलम्पिकमा ५ जना खेलाडी, पदाधिकारी र अफिसियल गएको भन्दै यस्ता विकृति अन्त्य हुनुपर्ने र त्यसका विरुद्ध संघले आवाज उठाउने बताउनुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, पोखरा ९ का अध्यक्ष रामराज लामिछाने, काँग्रेस क्षेत्र नम्वर १ का सभापति बृजमान गुरुङ, संघका उपाध्यक्ष विद्या मर्सानी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...