पोखरा, साउन ३० गते ।नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले संगठन विस्तारलाई तिव्रता दिएको छ । लामो समयदेखि सुस्ताएको महांसघले गतिविधि तिव्र मनाएको हो ।
महासंघले प्रदेश, जिल्ला र पालिकास्तरीय संगठन विस्तारलाई अगाडी बढाएको छ । महासंघले कास्की जिल्ला कमिटि विस्तार गरेको छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट १०७ सदस्यीय कमिटि विस्तार गरेको हो । कमिटि विस्तारसंगै पदाधिकारीको समेत टुङ्गो लगाएको छ । कमिटिको अध्यक्षमा दीपकबहादुर गोदार, उपाध्यक्षद्धयमा किरण गौतम, उत्तम गुरुङ, सविचमा शिवप्रसाद अधिकारी, सहसचिवमा धु्रव थापा र कोषाध्यक्षमा अमर गुरुङलाई चयन गरेको छ ।
त्यस्तै चार वटै गाँउपालिकाका इन्चार्जहरु समेत तोकेको छ । मादी गाउँपालिकाको इन्चार्जमा सत्यराज सापकोटा, रुपा गाउँपालिका इन्चार्जमा आशिष श्रेष्ठ, माछापुच्छे गाउँपालिका इन्चार्जमा रामबहादुर सुनुवार र अन्नपूर्ण गाउँपालिका इन्चार्जमा पुष्पराज अधिकारीलाई जिम्मेवारी तोकेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद एवं नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले खेलकुद क्षेत्रमा रहेका खेलाडीकाहरुकोे संरक्षण गदै उनीहरुलाई खेल्ने वातावरण निर्माण गदै महासंघमा संगठित गराउने कार्यमा लाग्न आग्रह गर्नुभयो । उहाँले महासंघ भन्दा बाहिर रहेका खेलाडीलाई एकिकृत र संगठित गराउने कार्यमा महासंघका सबै सदस्यहरु लाग्न निर्देशन दिनुभयो ।उहाँले कास्कीका चारवटै पालिकामा एमालेले नेतृत्व गरिरहेको बताउदै खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
खेलकुद महासंघका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज ऋषि गौतमले खेलकुदको माध्यमबाट खेलाडीलाई संगठित गदै पार्टीलाई सहयोग गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार परमादेशबाट बनेको बताउदै आगामी निर्वाचनमा जनताको मतबाट एमालेलाई सरकारमा पु¥याउने गरी महासंघ लाग्ने बताउनुभयो ।महासंघका सहइन्चार्ज यामबहादुर गुरुङले नेकपा एमालेलाई चौतफी रुपमा घेराबन्दी भैरहेको बताउदै अवको निर्वाचनमा सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । महासंघ कास्कीका अध्यक्ष दीपकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा युवा सघ केन्द्रीय सदस्य विष्णु पुन, युवा संघ कास्कीका उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, महासंघ कास्कीका इन्चार्ज हरि बरुवाल, जिल्ला सचिव शिवप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।