कुलमानको नियुक्तिविरूद्धकाे रिटमा आज सुनुवाई

काठमाडौं, भदौ १ गते । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।


सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो । रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ ।

 

प्रवक्ता दाहालले शाक्यको रिटमाथि आज बुधबारलाई सुनुवाइ तोकिएको बताउनुभयो ।शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...