पोखरा, भदौ १ गते । गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमार बाग्लुङ निसीखोला गाँउपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १९ पुरनचौर बस्ने वर्ष २८ को असारी घर्ती मगर,वर्ष २२ को सबिन बुढामगर र वर्ष २१ की अस्मिता बुढामगर रहेका छन ।
पोखरा महानगरपालिका १९ पुरुनचौर बस्ने वर्ष ८३ को केशर बहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छि गोठबाट चोेरेर लगेको प्रहरीले जनाएको छ । गोठबाट दाम्लो फुकाई चोरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घर देखी २ कि.मि पर लगी काटेको भेटिएको थियो ।