पोखरा महानगरलाई चीनको लिञ्जी शहरले दियो ८ हजार पिसिआर किट

पोखरा, भदौ २ गते ।पोखरा महानगरपालिकालाई चीनको लिञ्जी शहरले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पिसिआर किट महानगरलाई लिञ्जीले सहयोग उपलब्ध गराएको हो । लिञ्जीले ८ हजार २ सय पिसिआर किट उपलब्ध गराएको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

लिञ्जी र पोखरा महागरपालिका भगिनी सम्वन्ध रहेको छ । नेपाल चाइना फ्रेण्डसिप एशोसियसनका अध्यक्ष विश्वशंकर पालिखेले बुधबार पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले पोखराको पहिलो मितेरी सम्वन्ध गाँसेको लिञ्जीले गरेको सहयोगप्रति आभार ब्यक्त गदै महानगरबासीको कोरोना भाइरस संक्रमणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

उहाँले भगिनी सम्वन्धलाई थप प्रगाढ बनाउन सहयोले भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमा नेपाल चाइना फ्रेण्डसिप एशोसियसनका अध्यक्ष विश्वशंकर पालिखे र महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले सहयोगले सम्वन्धलाई थप बलियो बनाउने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...