पोखरा,भदौ ५ गते । नेपाली राष्ट्रिय फुटबल टिम र गण्डकी प्रदेश खेलकुद परिषद्का नवनियूक्त उपाध्यक्ष ध्वजकुमार गुरुङलाई शनिबार पोखरामा स्वागत, बधाई सहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिका खेलकुद विकास समितिले संयूक्त रुपमा फुटबल टिमलाई स्वागत सहित बधाई ज्ञापन गरेका हुन् ।
पोखरा रगशालाको बहुउद्देश्यीय कर्भडहलमा आयोजित कार्यक्रममा राष्ट्रिय टिमका खेलाडी, प्रमुख प्रशिक्षक र अफिसियलहरुलाई स्वागत गदै सम्मान गरिएको हो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीलाई ढाकाको टोपी लगाएर स्वागत सहित सम्मान गरिएको थियो । राखेप सदस्य राजेश गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश सदस्यसचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कञ्चन थापाले खादाँ लगएर राष्टिय फुटबल टिमका खेलाडीलाई स्वागत गर्नुभएको हो ।
राखेप सदस्य राजेश गुरुङले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । खेलाडी भएमात्रै पदाधिकारी हुने भन्दै उहाँले खेलाडीलाई खेलकुद क्षेत्रबाटै सम्मानजनक जीवन जिउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिदै अहिलेको अवस्थामा खोपको व्यवस्था गरेर मैदान उत्तार्नूपर्नेमा जोड दिनुभयो ।
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुदमा स्वार्थ हुन नहुने बताउनुभयो । खेल क्षेत्रको विकासका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्जिनियर दीपक बराल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ लगायतले खेलकुदको विकासका सवै निकायले आफनो जिम्मेवारी र दायित्व निर्वाह गरेमात्रै खेलकुदको विकास सम्भव हुने बताउुनभयो ।