बुधबार र विहीबार भारी वर्षा हुने सम्भावना

काठमाडौं, भदौ ६ गते । मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वारुण पौडेलले बताउनुभयो ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपालमाभन्दा बाहिर रहेको जनाएको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डबृष्टि हुने गरेको पौडेलले बताउनुभयो । आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर हालसम्म दिउँसोभन्दा पनि रातीको समयमा सामान्य बर्षा भएर सरदरको औषत बर्षा मात्र भएको मौसमविद् पौडेलले जानकारी दिनुभयो । मनसुनी प्रणाली असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अझै भारी वर्ष हुने सम्भावना बढी रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...