नेपाली मेलाको तयारी धमाधम

एस के गुरुङ /लन्डन । तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ ।कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण होजसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ ।बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । ‘हाम्रो संस्कृतिहाम्रो पहिचानहाम्रो गौरव ‘मेलाको प्रमुख ‘थिम’ छ ।

आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले तयारीबारे विस्तृत जानकारी दिए ।करिब ३० हजार पाउण्ड अनुमानित खर्च रहेको मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको संयोजक गुरुङले जानकारी दिए । ति संस्थाले नेपाली कला संस्कृतिपरम्परारहनसहनभेषभुषा झल्कने विभिन्न झांकीनृत्य प्रस्तुत गर्नेछन् ।

 

बेलायत सरकारले कोरोना सम्बन्धि नियम हटाएपनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइने संयोजकले जनाए । उनले कोभिड संक्रमण बढिरहेका बेला करिब तीन हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए ।विगतमा त ८-१० हजारसम्म दर्शक सहभागी भएका हुन् तर यसपटक परिस्थिति फरक छ । तीनहजार दर्शकमात्र आएपनि हामी ब्रेकइभनमा हुनेछौं’उनले भने ।

 

राजदूत लोकदर्शन रेग्मीले मेला उद्घाटन गर्ने तय छ । दिउसो एक बजे झांकी प्रस्तुति शुरु हुने आयोजकले जनाएका छन् । यसपटक विगत जस्तो अन्य देशका कूटनीतिज्ञहरु उल्लेख्य सहभागी नहुने सम्भावना छ ।डिप्लोम्याट्स निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो । समय अभावकोभिड र दूतावासमा सबै नयां टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्’संयोजक गुरुङले भने, ‘तरविदेशीहरु र स्थानीय काउन्सिल नेताहरु दर्शकका रुपमा रहने अपेक्षा छ ।’

 

मेलामा खानाच्यारिटीहस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ ।राफल ड्र प्रथम विजेतालाई एक तोला सुनद्धितिय विजेतालाई ट्याबलेट र तृतीयलाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ ।बिहान १० देखि सांझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् ।

 

नेपाली मेला तमुधिं यूकेको मात्र नभइ समस्त बेलायतवासी नेपालीको हो र यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन’अध्यक्ष गुरुङले प्रष्टयाए, ‘विदेशमा पनि नेपाली कला संस्कृतिरितिरिवाजभेषभूषाधर्म संरक्षण र प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो । हामीलाई मेला सफल पार्न सबैको सहयोग खांचो छ । तपाईं सपरिवार आइदिनु होला ।’

 

उक्त मेलामा झांकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ ।त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ ।

 

मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ ।झांकी निर्णायकमा नेपाली कलासंस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् ।महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् ।

 

सो अवसरमा तमुधिं यूकेका मिडिया सेक्रेटरी एस के गुरुङले उपस्थित मिडियाकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्ष हितकाजी गुरुङले खादा र मेला पास उपलब्ध गराइ सम्मान गरेका थिए ।पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारीअन्य पत्रकारहरुसल्लाहकारहरुइकाइ अध्यक्ष लगायतको सहभागिता थियो ।

फोटो: ओमकर गुरुङ 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...