पोखरा, भदौ ९ गते ।पोखरामा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोश्रो मात्र लगाइने भएको छ । भदौ ११ गते शुक्रबार कोरोना विरुद्धको खोप लगाइने भएको हो । पोखराका विभिन्न आठ स्थानमा खोप लगाइने कार्यतािलका पोखरा महानगर कार्यपालिकाले सार्वजनीक गरेको छ ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गरि साउन २२ गते भन्दा अघि पहिलो डोजको खोप लगाएका व्यक्तिलाई दोश्रो डोजको खोप दिने भएको हो ।
खोप सवारी चालक र सहचालकका साथै पत्रकार र सञ्चार क्षेत्रमा आवद्ध कर्मचारीले पनि लगाउन पाउने छन् । यसैगरी ग्यास, पानी, डेरी, पेट्रोलियम क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारीले पनि खोप लगाउन पाउने सूचनामा उल्लेख छ ।