फिर्के खोलामा गाडी खस्यो, पुलनै दुर्घटनाको कारण

पोखरा, भदौ १३ गते ।पोखराको फिर्के पुलबाट गाडी खसेको छ । गाडी पुलबाट फिर्के खोलमा खसेको हो । राती पुलबाट गाडी बसेको बताइएको छ । ब्रिटिस राजदुतावासको गाडी खोलामा खसेको हो । गाडीमा सवार दुवै जना सकुशल रहेको कास्की प्रहरीले जनाएको छ । पोखरा बाग्लुग राजमार्गमा पर्ने फिर्के पुल साँघुरो हुदाँ दुर्घटना हुने गरेका छन् ।

फिर्केको पुल एम्बुस जस्तै बनेको स्थानीय कञ्चन थापा कोइरालाको भनाई छ । उक्त खोलामा पुलका कारण कहिले ट्रक, कहिले बाइक कहिले मान्छे, कहिले बोलेरो कहिले यस्तै गाडिहरु धरापमा परिहन्छन उनले आफनो फेसबुक पेजमा लेख्दै भनेकी छन्, पुल कहिले बन्छ । दुबै वडाका अध्यक्षलाई पश्न राखि सके तर गतिलो जवाफ आउन सकेन ।

एक ले अर्काको दोषारोप गरेरनै समय जानि भयो एस्ता दुर्घटना घटि रहने भयो । उनले रातिको समय अध्याँरो त्यसैमा साघुरो पुल अनि केहिको मापसेको कारण पनि दुर्घटना हुने गरेको उल्लेख गरेकी छन् । । उनले सम्बन्धित निकायलाई बेलैमा ध्यान दिन आग्रह समेत गरेकी छन् । उक्त खोला पोखरा महानगरपालिका वडा नम्वर चार र पाँचको वीचमा पर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...