पहिचानसहितको संघीय पुनसंरचना गछौँ :डा.भट्टराई

पोखरा, भदौ १७ गते । जनता समाजबादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकलाई नयाँ सोंचका साथ अघि बढाउन समुन्नत संघीय समाजवाद नै मार्ग निर्देशक सिद्धान्त भएको दावी गर्नु भएको छ । तत्कालका लागि संघीयता, सुशासन, समृद्धि र समाजवाद नितीको रुपमा रहेकाले सुज अभियानले उक्त मार्ग सोझ्याउने बताउनुभयो। सुज अभियान भनेको जनताको बस्ती बस्ती र मन मनमा बिचारका साथै संगठन पुर्याउनका लागि जुत्ता खियाउने अभियान भएको उल्लेख गर्नुभयो।

समुन्नत सङ्घीय समाजवादलाई आफ्नो मागदर्शक सिद्धान्तको रुपमा अङ्गिकार गर्दै बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको जनता समाजवादी पार्टीले प्रदेश सङ्गठन सुदृढिकरण तथा जनजागरण अभियान अन्र्तगत पोखरामा आयोजना गरेको देशस्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले विचारमा बैकल्पिक, शक्तिमा प्रथम बनाउने लक्ष्य रहेको बताउनुभयो ।

 

उहाँले ऐतिहासिकता,सभ्यता, राष्ट्रियता, मनोविज्ञान र भुगोललाई समेट्दै बहुल राष्ट्रियको सम्बोधन हुने संघीयताका निम्ती जसपाले प्रशासनिक संघीयताको उपयोग गर्दै पहिचानसहितको संघीय पुनसंरचना गरिने पुर्व प्रधानमन्त्री डा.भट्टराईले बताउनुभयो। विगतदेखि पार्टीको विचार र संगठन निर्माणका लागि आधारभुत तयारीको अवस्थामा चार महिने संगठन सुद्धृढिकरण तथा जनजागरण अभियान शुरु गरिएको जानकारी गराउदै उहाँले अभियान अन्र्तगत विगतमा पार्टी एकिकरणको क्रममा बाँकी रहेको संगठनहरुको समायोजन,बैचारिक प्रशिक्षण, संगठन विस्तार, जनजिविकाका विषय उठानका साथै जनपरिचालनका लागि जुट्न सम्पुर्ण नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो।

 

पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले समाजवादी क्रान्तीको एकिकृत स्वरुप नै जसपा भएको बताउनुभयो। बैकल्पिक राजनीतिक पार्टीका लागि प्रशासनिक संघीयतामा टेकेर जसपा १० जोड १ प्रदेशमा पुग्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक समावेशी प्रतिनीधित्व, समानुपातिक निर्वाचन प्रणाली लगायतका लागि क्रियाशील रहनुपर्ने बताउनुभयो। पुराना राजनीतिक शक्तिहरुको विकल्पमा नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि विचारलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्न अभियान संचालन गरिएको बताउनुभयो। विविधतालाई व्यवहारिक रुपमा अभिव्यक्त गर्ने विभेद मुक्तिका लागि, मुलुकलाई नयाँ निकास र अग्रगतिका लागि सम्मुनत संघीय समाजवाद नै अपरिहार्य भएको उहाँको दावी थियो।

 

अर्का केन्द्रिय कार्यकारिणी सदस्य राजकिशोर यादवले आन्तरिक राष्ट्रियताको सुदुढिकरण, सबैले गौरब गर्ने भावनात्मक एकता भएको नेपालसहितको सबैको साझा पार्टीको रुपमा जसपा अघि बढेको बताउनुभयो। सुशासन, समृद्धिका लगायतका मुद्धालाई अघि बढाउन जसपा नेता कार्यकर्तामा इच्छाशक्ति आवाश्यक भएको उहाँको भनाई थियो।मधेश, तराईसँग हिमाल पहाडलाई भावनात्म रुपमा जोड्ने पार्टीका रुपमा जसपा रहेको भन्दै उहाँले संगठनमा पहिलो, विचारमा बैकल्पिक शक्तिको रुपमा अभियानले पार्टीलाई स्थापित गर्ने अपेक्षा गर्नुभयो।बैकल्पिक राजनितिक शक्ति निर्माण नहुञ्जेल मुलुक र नागरिकका समस्या समाधानको संभावना नभएको उहाँको जोड थियो।

 

नेता यादवले सत्ताको दलाली गरेर काठमाडौमा बस्ने पुराना राजपाहरुको कुनै काम नभएको कटाक्ष गर्नुभएको। सिमिति स्वार्थका लागि कुर्चीको वरिपरि घुम्ने लोसपा राष्ट्रिय पार्टी हुनै नसक्ने उहाँको भनाई थियो ।कार्यक्रममा गण्डकी इञ्चार्ज गणेशमान गुरुङ, तमुवान राष्ट्रिय समिति इञ्चाज रुद्रबहादुर गुरुङ(इञ्चार्ज, प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री तथा प्रदेश सहइञ्चार्ज हरिशरण आचार्य, सहइञ्चार्ज यामबहादुर घर्ती मगर, प्रदेश सभा सदस्य धनमाया लामा पोखरेल लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...