१६ महिनापछि एमालेको बहुमतको सरकार : अध्यक्ष ओली

पोखरा, भदौ २२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दश बुदेँ सहमती पार्टीभित्र देखिएको समस्या समाधानका लागि भएको बताउनु भएको छ । नेकपा एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्वोधन गदै भन्नुभयो, ‘पार्टीमा आन्तरीक समस्या आउछँ त्यसलाई समाधान गर्न दश बुदेँ सहमती गरिएको हो । त्यसले समस्या समाधान गर्छ ।’ अध्यक्ष ओलीले दश बुदेँ समस्या पैदा गर्न नभई समाधानका लागि भएको बताउदै त्यसले समस्या समाधान हुने बताउनुभयो ।


माधव नेपाल सहितको एमाले बनाउन दश बुदेँलाई पार्टीले स्वीकार गरिएको तर फरक पार्टीसंग हैन् । एकिरणका लागि हो । यस विषयमा तनाव नलिन समेत उहाँले आग्रह गर्नुभयो । उहाँले २०७५ जेठ २ गतेको गतिमा पाटीलाई अगाडी बढाउन र समस्या समाधानका लागि तथा पार्टीमा हुने क्षती रोक्न बनाएको बताउनुभयो । अध्यक्ष ओलीले दश बुदेँ स्वीकार गरेकाले त्यसलाई हाउगुजी हैन् । त्यही अनुसार अगाडी बढन कार्यकतालाई निर्देशन दिनुभयो । उहाँले समस्या देखा परेका ठाँउमा यसलाई कार्यान्वयन गरेर जाने हो तर एमाले जेठ दुईमा पूर्ण रुपमा फर्कन भने नसक्ने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहार्ई मत सहित सरकार निर्माण गर्ने दावी गर्नुभयो । ‘अवको १५ महिनाभित्र निर्वाचन हुन्छ । त्यो निर्वाचनमा सके दुई तिहाई नभए अत्याधिक बहुमत लिएर सरकार बनाउछौँ ।’उहाँले एमालेलाई समाप्त पार्ने षड्यन्त्र भैरहेको बताउदै त्यो सफल नहुने बताउनुभयो । उहाँले आत्मकेन्द्रीत, ब्यक्ति केन्द्रीत र स्वार्थका लागि पार्टी विभाजन गर्न खोलिएको बताउदै भन्नुभयो,‘विकास विरोधीहरुले एमाले नेतृत्वको सरकार ढाले । त्यो गलत हो ।’ अध्यक्ष ओलीले एमालेलाई अप्ठयारोमा पार्न खोजिएको बताउदै भन्नुभयो माधव नेपालले आफनै घरमा आगो लगाएर पतन भैसकेको बताउनुभयो । ‘माधव नेपाल पतन भैसके उहाँले भन्नुभयो, माधव नेपाल विनाको पार्टी राम्रो हुन्छ । पार्टी फुटेको नभई चोइएिको हो । रुखका पुराना पात झेर नयाँ पात पलाएको छ।’

उहाँले अहिलेको सरकार कानमा तेल हालेर निदाएको आरोप समेत लगाउनुभयो । दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा भारतले अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा सरकार निदाएर बसेको बताउनुभयो । देश समस्यामा गइरहेको बेला पनि सरकार चुप लागेर बस्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई थियो । यस्तै पोखरामै आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेले प्रभावकारी रुपमा प्रतिपक्षका भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले एमाले सचेत र सजग पार्टी भएको बताउदै संसदमा सशसक्त प्रतिपक्षको भुमिका खेल्ने बताउनुभयो ।

एमाले स्थायि समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी फोडेर माधव नेपालले गल्ती गरेको बताउनुभयो । आफुहरु पार्टी एकताको पक्षमा उभिरहेकै बेला माधव नेपालले पार्टी फोडेर जानु ठुलो गल्ती भएको बताउनुभयो । उहाँले आफुहरुले कार्यदलमा रहेर पार्टीलाई एकताबद्ध बनाउन प्रयास गरेको भएपनि आशिंक सफलता प्राप्त गरेको बताउदै अव पार्टीलाई थप क्षतीबाट जोगाउने तर्फ ध्यान केन्द्रीत गर्नुृपर्नेमा जोड दिनुभयो । एमाले सबैको साझा घर भएको र यहि रहेरै अगाडी बढ्नु पर्ने नेता सुरेन्द्र पाण्डेले बताउनुभयो । ‘जो पार्टी छोडेर गयो, उहाँहरुलाई हामीले अन्तिम समयसम्म पनि पार्टीमा बस्नुस र पार्टी नछोड्नुुस । नेकपा एमाले हामी सबैको घर हो, यहि बसेर अगाडी बढौं । यहि हामीले अपिल ग¥यौं । तर उहाँहरुले अन्तिममा छोडेर जानुभयो ।’ –उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...