पोखरा महानगरलाई रेडक्रसले दियो ८ लाखको उद्धार सामग्री

पोखरा, असोज ४ गते । नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा महानगरपालिकालाई विपद्का लागि आवश्यक उद्धार सामग्री उपलब्ध गराएको छ ।

बाढि, पहिरो र भूकम्प लगायतका प्राकृतिक विपत्तिमा उद्धारका लागि आवश्यक सामग्री सहयोग गरेको हो । सोमबार पोखरा महानगरपालिकामा आयोजित कार्यक्रममा ८ लाख मुल्य बराबरको उद्धार सामग्री सहस्तान्तरण गरिएको हो । रेडक्रसले कुटो, कोदालो, स्टेचर, ह्वीचियर लागयत ३९ प्रकारका औजारहरु उपलब्ध गराएको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई रेडक्रस कास्कीका उपमन्त्री उर्मीला खड्काले सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री ग्रहणपछि बोल्दै उपप्रमुख गुरुङले उद्धारका सामग्रीको अभावमा साउन पहिलो साता गएको बाढि पहिरोमा उद्धारमा समस्या भएको बताउदै रेक्रसले हस्तान्तरण गरेका उद्धार सामग्रीले प्राकृति बिपत्तिको उद्धारमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

रेडक्रसका उपमन्त्री उर्मिला खड्काले सामग्रीको सहि सदुपयोग हुने विश्वास ब्यक्त गदै बाढि पहिरो र भुकम्प लगाएत प्राकृतिक विपत्तिमा महत्वपूर्ण हुने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...