काठमाडौँ, असोज १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ताजस्ता सेवा र सुविधालाई प्रभावकारी तथा सम्मानपूर्ण कार्यान्वयन गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।
उहाँले तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मेहनतले मात्र यो अभियान सार्थक हुन सक्ने बताउनुभएको छ ।