महानगर खेलकुद विकास समितिको आयोजनामा ५ र १० किमी दौड प्रतियोगिता हुने

पोखरा, असोज १६ गते ।पोखरामा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।नेनेपालीहरुको महान पर्व वडा दशैको शुभारम्भ घटस्थापनाको दिन पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा असोज २१ गते ५ र १० किमी दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा १० किलोमिटर खुल्ला महिला तथा पुरुष र ५ किलोमिटर छात्रछात्रा दौड हुने महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुभाष खड्काले जानकारी दिए ।प्रतियोगितामा १० किमि महिला तथा पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई समान नगद रु १५ हजार, १० हजार र ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तैे ५ किमि छात्ररछात्रातर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई समान नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्यसचिव खड््काले बताए । उक्त प्रतियोगिताको दर्ता प्रक्रिया समेत शुरु भइसकेको र इच्छुक खेलाडीले पोखरा रंगशाला वा पोखरा महानगर खेलकुदको कार्यालय ड्यामसाइडमा दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

सोज २१ गते विहान ठिक ७ बजे शुरु हुने जनाइएको छ । महिला तथा पुरुष १० किमि पोखरा रंगशाला, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा चोक हुँदै ड्यामसाइड, राष्ट्रबैंक चोक, शहिद चोक, लेकसाईड, हल्लनचोक, जरेवर, जिरोकिमी, सिर्जना चोक, सभागृह चोक हुँदै रंगशाला पुगेर समापन हुनेछ ।

यसै गरी ५ किमि छात्ररछात्रातर्फ दौड पोखरा रंगशाला बाट शुरु भई पृथ्वीचोक, नागढुङ्गा, हरिचोक, जनप्रिय क्याम्पस, रत्न चोक हुँदै सिर्जना चोक, सभागृह चोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...