बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो, ३७ बेपत्ता

काठमाडौं, कात्तिक । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी  १०५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले बाढीपहिरोमा परी  प्रदेश १ मा ६० जना, बागमती प्रदेशमा एक जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १०५ जनाको मृत्यु भएको जनाएको हो । साथै प्रदेशमा  १ मा १९ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।

बाढीपहिरोमा परी  ३७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै बाढीपहिरोमा परि १३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७  घर परिवार विस्थापित भएका छन् ।

यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...