पोखरा, कात्तिक ९ गते । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइड सार्ने निर्णय गरेको छ । कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न पोखरा महानगरपालिकाको ५२ औ कार्यपालिका बैठकले हाल सञ्चालनमा रहेको ल्याण्डफिट साइडलाई सार्ने निर्णय गरेको हो । हाल निर्माणाधीन विमानस्थलको उडान रुटमा ल्यान्डफिल पर्ने भएकोले त्यसलाई पोखरा वडा १६ को पश्माङमा सार्ने तयारी महानगरे गरेको हो ।
पोखरा महानगरले यसअघि ल्यान्डफिल साइडका लागि जग्गा खोजी गर्न वडा १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र कर्मचारी अधिकृत भरत पौडेल तथा इन्जिनियर नवीन गौतम सदस्य रहेको समिति गठन गरेको थियो । पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङलाई समितिले प्रतिवेदन बुझाएसंगै ल्याण्डफिल्डका लागि आवश्यक जग्गा प्राप्ति लगायत स्थानीय समस्या पहिचान र समाधान गर्न समिति समेत कार्यपालिका बैठकले निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाद्धारा निकट भविष्यमा पोखरा १४ स्थित स्यानीटरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उपयुक्त जग्गाको खोजीकार्य गर्नकालागि गठन गरिएको नगर कार्यपालिका सदस्य एवं समितिका संयोजक जीवनप्रसाद आचार्यबाट सोको प्रतिवेदन महानगर समक्ष बुझाई सक्नु भएको छ महानगरका प्रवत्ता धनबहादुर नेपालीले भन्नुभयो, ‘पोखरा वडा नं. १६ र २० मा पर्ने क्षेत्रमा ल्याण्डफिल साइटकालागि तोकिएको जग्गामाल्याण्डफिल साइट निर्माण प्रकृया अगाडि वढाउने निर्णय बैठकले गरेको छ । सो कार्यमा उक्त क्षेत्रका स्थानीयवासिन्दाहरु एवं सरोकारवालाहरुसंग समन्वय गर्न सहजीकरण समितिगठन पनि गरिएको छ ।’
पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल संयोजक, पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, पोखरा १३ का अध्यक्ष लेखवहादुर तामाङ –दर्शन) र पोखरा ११ का अध्यक्ष मोहन प्रसादवास्तोला र आमन्त्रित सदस्यमा पोखरा २० का अध्यक्ष सिमवहादुर गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य र सदस्यसचिवमा महानगर सरसफाई शाखा प्रमुख कल्पना बराललाई तोकिएको प्रवत्ता नेपालीले बताउनुभयो ।
समितिले स्थानीय सरोकारवालाहरुसंग एक हप्ताभित्र समन्वय र सहजीकरणको पहलगर्ने तथा प्रस्तावित आयोजना कार्यान्वयनको खाका, वातावरण तथा सामाजिक प्रभावको न्यूनीकरण र स्थानीयको माग सम्वोधनका विकल्पहरुको विषयमा जानकारी गराउने छ उहाँले भन्नुभयो, समितिले त्यसको प्रतिवदेन पेश गरेपछि महानगरले यस विषयमा कार्य अगाडी बढाउने छ । पोखरा महानगरपालिकाको ल्याण्डफिलसाइट स्थानान्तरण गर्ने प्रयोजनको लागिे जग्गा प्राप्तिका लागि जग्गाप्राप्ति ऐन, २०३४ को दफा ३ क. वमोजिम अगाडी बढाउने छ ।
ल्याण्डफिल्डका लािग आवश्यक जग्गाको मुआब्जा महानगरलेनै व्यहोर्ने गरी जग्गाप्राप्त गराई दिन ंसघीय मार्मिला तथा सामान्य प्रशासन मन्त्रलयमार्फत नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।‘ पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट स्थानान्तरण गर्ने प्रयोजनको लागिअनुसूची– १(ख) वमोजिमको सार्वजनिक तथा सरकारी जमीन (बन क्षेत्र समेत) सोही प्रयोजनको लागि भोगाधिकार वानि शुल्क लिजमा उपलब्ध गराउन कानुन वमोजिमको प्रकृया पुरा गरी नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको छ ’प्रवत्ता नेपालीेले भन्नुभयो ।
वैठकले गरेकामहत्वपूर्ण निर्णयहरु
निर्णयहरु ः
ड्ड स्थानीय सरकार संचालन ऐन, ०७४ को दफा ४२ वमोजिमपोखरा महानगरपालिका क्षेत्रमानिर्मित घर तथा संरचनाहरुको अभिलेखीकरणगर्ने म्याद ०७८ चैत्र मसान्त सम्मथपगर्ने निर्णय गरियो ।
ड्ड पोखरा महानगरपालिकाको खानेपानीउपभोक्ता समितिदर्ता तथाव्यवस्थापन संग सम्बन्धितकार्यविधि स्वीकृत गरी, विद्यायन समितिको प्राविधिक सहयोगमाउक्तकार्यविधि स्थानीय राजपत्रमाप्रकाशनगर्ने निर्णय गरियो ।
ड्ड पोखरा क्षेत्रमा भैरहेको फोहरमैलाव्यवस्थापनपद्धतिमा रचनात्मक सुधार गर्ने गरी ग्ल्म्एतथाकोरिया सरकारको दातृ निकायप्इक्ष्ऋब्, ल्भउबकिो आर्थिक सहयोगमा संचालनको लागि प्रस्तावगरिएको न्चभभल ख्भलतगचभ श्यलभसमेतकागतिविधि संलग्नभएको फोरहमैलाव्यवस्थापन संग सम्बन्धित परियोजना यस महानगरपालिकामा संचालनको लागिश्री संघीयमामिलातथा सामान्यप्रशासनमन्त्रालयमार्फत नेपाल सरकार तथा सम्बन्धितनिकायमा अनुरोध गर्ने निर्णय गरियो ।
ड्ड पोखरा महानगरपालिका क्षेत्रमा मनसुनजन्यविपद्को कारणले घरवार विहीनभएका परिवारहरुको लागि नेपाल सरकारले जारी गरेको मनसुनजन्यविपद् प्रभावितनिजीआवास पुनर्निर्माणतथापुनस्र्थापनाअनुदानकार्यविधि, २०७७वमोजिम घर पुनःनिर्माणगर्ने प्रयोजनको लागिप्राप्तभएकानिवेदनहरु उक्तकार्यविधिले तोकेको प्रकृया पुरा गरी लाभग्राहीछनौट गर्ने । सो प्रयोजनको लागिमहानगरपालिकाको तर्फबाटव्यहोर्नु पर्ने अंशहालको लागिप्रकोप व्यवस्थापनकोषबाटव्यहोर्ने र उक्तकोषमाआवश्यकथपवजेटको व्यवस्थामिलाउने ।
ड्ड आर्थिक बर्ष ०७७।७८ मा संचालित ५०–५० प्रतिशतमा संचालनगर्ने गरी प्रवन्धगरिएका र वोलपत्रमार्फत कार्यान्वयनगरिएकाआयोजनाको हकमाबोलपत्रको क्रममालागतअनुमानभन्दाकमअंककवोल अंककायम भै कमलागतमा सम्पन्नभएकाआयोजनाहरु, उपभोक्ताले जम्मा गरेको वचत रकम सोहीअनुपातमाफिर्ता गर्ने निर्णय गरियो ।
ड्ड पोखरा महानगरपालिका, नगर कार्यपालिकाको मिति २०७७।१२।२७को वैठकले निर्धारण गरेको नीतिवमोजिम, महानगर क्षेत्रमानिजी घर जमीनमाडिजिटलहोर्डिङ बोर्ड राख्नअनुमतिदिने सम्बन्धीमापदण्ड र कार्यविधि स्वीकृत गरी, विद्यायन समितिको प्राविधिक सहयोगमाउक्तकार्यविधि स्थानीय राजपत्रमाप्रकाशनगर्ने निर्णय गरियो ।
ड्ड पोखरा महानगरपालिका र नेपालविद्युतप्राधिकरणको ५०–५० प्रतिशतको साझेदारीमापोखराको सहरी क्षेत्र तथाचोकहरुमाजडानगर्ने भनिएको स्मार्ट सहरी वत्तीको प्रयोजनको लागि नेपालविधुतप्राधिकरणले गरेको खरिद प्रकृयाबाट रु १२,७५,८९,०९१÷–बाह्र करोड पचहत्तर लाखउनानब्बे हजार एकानब्बे रुपियामावोलपत्र स्वीकृत गर्न नेपालविधुतप्राधिरणबाटप्रतिवद्धतावमोजिमको रकममाग भै आएकोमा, खरिदको बाँकीकामको विषयमाप्राधिकरण नै जिम्मेवार हुने गरी, चालु आर्थिक बर्षमाविनियोजन भएको रु ५ करोडको अलावा, रु १,३७,९४,५४५।– (एक करोड सैतिस लाखचौरानब्बे हजार पाँचसय पैतालिस रुपैया) को हकमाआगामीआर्थिक बर्षको लागि स्रोत सुनिश्चित गरी त्यसको जानकारी दिने ।
ड्ड पोखरा महानगरपालिकावडा नं. ८, पुरानो दमकल परिसरमानिर्माणहुने महानगरको प्रशासनिकभवनको वोलपत्र स्वीकृत भईसकेकोले सो भवनको शिलन्यास तत्कालै गर्ने निर्णय गरियो ।
………………………
(धनबहादुर नेपाली)
प्रवक्ता
पोखरा महानगरपालिका