प्रतिभा आमा समुहको साधारण सभा, महिलाहरुमा राजनीतिक चेत हुनुपर्छ :तारामाया

पोखरा, कात्तिक २७ गते ।प्रतिभा आमा समुह पोखरा १४ को चौथो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको अखिल नेपाल महिला संघ गण्डकी प्रदेशका सहसंयोजक तारा माया थापा मगरले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले महिला दिदिबहिनीहरुमा आफनो अधिकार प्राप्तिका लागि राजनीतिक चेत हुनुपर्नेमा जोड दिनुभयो ।

सबै कुराको निर्धारण राजनीतिले गर्ने भएकाले महिलाहरुको राजनीतिमा चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले महिलाहरुले अधिकारसंगै कर्तब्य पनि पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले समाजका विकृति विसंगति अन्त्यका लागि आमा समुहको भुमिका महत्वपूर्ण रहेको बताउदै महिलाहरु समाज र टोलमा संगठित हुनुपर्नेमा जोड दिनुभयो । एकतामै बल हुन्छ । त्यसैले संगठित भएर विकृति विसंगति विरुद्ध र समाज निर्माणमा भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमममा प्रतिभा टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाले नेपालको संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको भन्दै त्यसका लागि महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । आमा समुह र टोल विकास संस्थाहरुले विकासका गतिविधिमा भुमिका खेलेको बताउनुभयो ।

 

कार्यक्रममा प्रतिभा आमा समुहका निर्वतमान अध्यक्ष रितु खड्का, आमा समुहका उपाध्यक्ष रिता कुवँर, आमा समुहका सदस्य मिनु परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा आमा समुहका सचिव कमलाकुमारी शर्माले सचिवको प्रतिवेदन र कोषाध्यक्ष चन्दा गुरुगले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम आमा समुहका अध्यक्ष राधा ओलीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव कमलाकुमारी शर्माले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...