पोखरा, मंसिर २ गते ।कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मानसिक समस्यामा परेका ब्यक्तिहरुलाई उचित परामर्श दिएर सकारात्मक सोँच दिन सके आत्महत्याको गर्नेहरुको संख्यामा कमी ल्याउन सकिने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आयोेजना गरेको आत्महत्या रोकथाम विषयक कार्यक्रमा बोल्दै उहाँले मानसिक समस्यामा परेका ब्यत्तिहरुलाई मनोपरामर्श आवश्यक रहेको बताउनुभयो । उनीहरुलाई सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मानसिक तनाव, ब्यक्तिगत असफलता, किशोर किशोरीमा बढ्दो निराशा, सामाजिक उत्पीडन, असफल प्रेम सम्वन्ध जस्ता कारणले आत्महत्या भएको, जिल्ला प्रहरी कास्कीका प्रमुख, प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुुभयो । कार्यक्रममा पोखरा १९का अध्यक्ष शोभा मोहन पौडल, मानसिक रोक विशेषज्ञ डा. राजन शर्मा, लगायतले आत्महत्या रोकथामको अभियान हरेक घर, टोल र समाजबाटै चलाउनुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक केसीले त्रीवर्षीय तथ्यांक प्रस्तुुत गर्नुुभएको थियो भने, कार्यक्रम सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक होत बहादुर रोकाले गर्नुुभएको थियो । कार्यक्रम अघि भारती भवनदेखि निकालिएको ¥याली जनसेवा सहकारीको भवनमा पुुगेर कार्यक्रममा परिणत भएको थियो ।