पोखरा, मंसिर ७ गते । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । नेकपा (एमाले) पोखरा वडा कमिटी ५ द्वारा विभिन्न रचनात्मक कार्यक्रम अन्र्तगत दौडमा प्रतियोगिता सम्पन्न भएको हो ।
पोखरा जिरो किमीदेखि विन्ध्यवासिनीसम्म १५ वर्षदेखि २० वर्ष उमेर समुहको दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा विजेता धावकहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । दौडमा ६५ जना सहभागि भएका थिए । त्यस्तै पोखरा पस्र्याङदेखि जिरो कि.मीसम्म हाइवे सडक किनारा सरसफाई गरिएको छ । महाधिवेशन सफल पारौं भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जसमा २३ जना सहभागी भएका थिए । नेकपा(एमाले) का केन्द्रीय सदस्य पूर्व खेलकुद मन्त्री जगत बहादुर सुनार, प्रदेश संगठन कमिटीका सदस्यद्वय दिलिप बिक्रम शाही, धन बहादुर नेपाली लगायतले महाधिवेशन सफलताका लागि पार्टी कमिटीले जनताबीच प्रचारप्रसार कार्यमा जुटेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता विष्णु प्रसाद बरालले गर्नुभएको थियो ।