राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुुधबारबाट सुरु हुँदैछ । तीन राप्रपा एक भएसंँगै यो एकता महाधिवेशन हुन लागेको हो ।


महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्नेछ ।

 

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार हुनुहुन्छ । दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले मङ्गलबार औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...