स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बनी प्रदेशले हात पारेको थियो । त्यस्तै गत माघ महिनामा सुदुरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि बिभागिय टोली नेपाल आर्मीले जितेको थियो । प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।
