नेपाली काँग्रेसको सातै प्रदेशमा निर्वाचन प्रक्रिया आजदेखि सुरु

पोखरा, मङ्सिर १६ गते । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आजबाट सातवटै प्रदेशमा अधिवेशनको प्रक्रिया सुरु भएको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

संयोजक घिमिरेले भन्नुभयो, “काँग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेकाले नेता–कार्यकर्ता उत्साहित भएको पाएको छु । केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाएको छ । बिहीबारदेखि अधिवेशनको कार्यक्रम सुरु हुन्छ ।”समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

 

बिहीबार मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छन । शुुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । अधिवेशन अन्र्तगत नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । उम्मेदवारी घोषणा गर्नेहरुमा कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा पाका नेता हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...