पोखरा, मसिर १७ गते ।नेपाली काँग्रेसको १४ औ महाविशेन अन्र्तगत सातै पदेशमा अधिवेशन सुरु भएको छ । बिहिबार सातै प्रदेशका अधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा उद्घाटन गरे । महाधिवेशन अन्र्तगत आज शुक्रबार मनोनयन दर्ता गर्ने दिन हो । सातै प्रदेशमा उम्मेदवारले उमेदवारी दर्ता गर्ने छन् ।नेपाली काँग्रेस गण्डकी प्रदेशमा सभापतिमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आअफाना उम्मेदवार चुनावी मैदानमा उर्ताने भएका छन् ।
सभापति देउवाको तर्फबाट अर्जुनप्रसाद जोशी र पौडेल पक्षबाट शुक्रराज शर्मा सभापतिमा उम्मेदवारी दिने भएका छन् । हिजो राती पौडेल पक्षले आफनो उम्मेदवार तोकेको हो । नेता पौडेलले साँझ आफनो पक्षको सभापति शर्मा भएको बताउदै पदाधिकारी आज विहान टुंग्याउने बताएका थिए । पौडेल पक्षका चार जनाले सभापतिमा उम्मेदवार घोषणा गरेका थिए । तर पौडेल आफै पोखरा आएर त्यसलाई मिलाएका हुन् । पहिलो पटक प्रदेश समितिको अधिवेशनमा गर्न लागेको हो । नेतृत्वका लागि भोलि शनिबार निर्वाचन हुने छ ।
यता नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनको उद्घाटनमा नेताहरुबीच नाराबाजी भयो । उद्घाटनको विषयलाई लिएर बबण्डर मच्चिएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गोपालमान श्रेष्ठलगायतका नेताहरु सहभागी सहभागी कार्यक्रममै पौडेल पक्षले नाराबाजी गरेपछि बबाल भएको हो ।
कार्यक्रम सञ्चालक कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले प्रदेश सभापतिका पाँच उम्मेदवारमध्ये देउवा पक्षका नेता अर्जुनप्रसाद जोशीलाई मात्र बोल्न दिएपछि पौडेल पक्षले ेनाराबाजी गरेका थिए । जोशी बोलेपछि अन्य आकांक्षीले पनि बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।
।