पोखरा, मंसिर २२ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनबाट गोरखा पालुङ्टार नगरपालिका ८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, गोरखा आरुघाट गाउँपालिका वडा नं ५ स्थायी भएका बुद्ध कार्की,ा खोटाङ जन्तेढुंगा गाँउपालिका ५ स्थायी घर भएका मिलन राई, कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं. ४ लाहाचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक बस्ने वर्ष ३१ को सुवास राना मगर र पोखरा महानगरपालिका वडा नं सृजनाचोक बस्ने विश्व गिरी रहेका छन ।
उनीहरुको साथबाट डाईजापाम(६ एम्पुल, नुर्फिन(६ एम्पुल र फेनरागन(६ एम्पुल गरी जम्मा १८ एम्पुल र ईजापाम(१५एम्पुल,नुर्फिन(१५एम्पुल,फेनारगन(१५एम्पुलगरी जम्मा (४५एम्पुल बरामद गरेको छ ।