पोखरा, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् ।