सभापतिमा पराजित सिंह र निधि सहित १० जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

पोखरा, पुस १७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापति पदमा पराजित नेताद्धय प्रकाशमान सिंह, विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । त्यस्तै उपसभापतिमा पराजित विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र महामन्त्रीमा पराजित डा .प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, उपसभापतिमा पराजित सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...