पोखरा, माघ १७ गते । स्थानिय तह निर्वाचनको मिति घोषणाको माग गदै अनेरास्ववियुले देशभर दबाबमुकल कार्यक्रम गरेको छ । कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिका वडा नम्वर ८ मा रहेको जनप्रीय बहुमुखी क्याम्पसमा विरोध प्रर्दशन गदै स्थानीय तहको निर्वाचन तुरुन्त गर्न माग गर्दै कालो ब्यानर टाँसेको छ ।
स्थानीय तह निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर लेखेको ब्यानर राखेको अनेरास्ववियुले जनाएको छ । सरकारले स्थानिय तहको निर्वाचन नगरेर स्ंविधान विपरित स्थानिय तह खाली गर्ने षडयन्त्र गरेको बताउदै मिति घोषणा गर्न दबाब सृजनाका लागि कालो ब्यानर टाँस गरेको हो ।
तत्काल निर्वाचनको मिति घोषणा गनर्् माग गरेको हो । चौतफी दबाब बढेपछि सत्ता गढबन्धन दलहरुवीचमा जेठ महिनाभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । तर सत्ता गठबन्धनले जनदबाब थेग्न नसकेपछि झुक्याउन जेठ महिनाभित्र निर्वाचनको कार्ड फालेको चर्चा भएको छ ।