खेलकुद महासंघ गण्डकी संयोजकमा विष्णु पुन

पोखरा, माघ २७ गते ।नेकपा (एमाले) निकट खेलकुद महासंघको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकमा विष्णु पुन चयन हुनुभएको छ । खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा पशुराम बस्नेत चयन भएका थिए । बस्नेत चयन भएसंगै खेलकुद महासंघमा पदाधिकारी र सदस्यहरु चयन गरिएको छ । खेलकुद महासंघको माघ २० गतेको केन्द्रीय पदाधिकारीहरुको बैठक पुनलाई केन्द्रीय सदस्य प्रदेश संयोजकमा चयन गरेको हो । पुन यसअघि युवा संघको केन्द्रीय कमिटि सदस्य समेत रहेका थिए ।

उनले गत पुस २८ गते पोखरामा आयोजित केन्द्रीय कमिटि बैठकमा राजीनामा दिएका थिए । पुुन पुस २३ गतेसम्म एमाले कास्कीको जिल्ला कमिटि कास्कीको सदस्यमा समेत निर्वाचन भएका थिए । पोखरा महानगरपालिका वडा नम्वर २९ मा भुगोल तर्फबाट निर्वाचित भएका हुन् । उनी लामो समयदेखि राजनीतिसंगै व्यवसायमा समेत आवद्ध छन् । उनी सुर्य तारा क्लब पोखरा को अध्यक्ष समेत रहेका छन् । पुन खेलकुद क्षेत्रमा समेत रुचि राख्ने भएकाले युवा संघ कास्कीको अध्यक्ष हुदाँ पुनले विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरेका थिए ।

 

महांघको प्रदेश अधिवेशन फागुनमा पोखरामा हुने भएको छ । त्यस्तै महासंघको केन्द्री सदस्यमा कास्कीबाट ऋषि गौतम, यामबाहदुर गुरुंग, सरस्वती श्रेष्ठ र राजन सुवेदीलाई चयन गरेको छ । संघको केन्द्रीय सदस्यमा नियूक्त गौतम गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य समेत रहेका छन् । उनी यस अघि खेलकुद महासंघ गण्डकीको केन्द्रीय सदस्य र संयोजक रहेका थिए । अर्का सदस्य यामबहादुर गुरुंग भलिबल संघको उपाध्यक्ष रहेका छन् भने उनी कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत भैसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...