जलवायु परिवर्तनको असर खाद्य सुरक्षा र जीविकोपार्जनमा

पोखरा, फागुन ११ गते । जलवायु परिवर्तनको प्रतक्ष असर यहाको खाध्य सुरक्षा र जनजीविकोपार्जनमा देखापरेको भन्दै स्थानीय सरोकारवालाले यसप्रती चिन्ता र चासो व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघ विश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति कास्की, गण्डकी प्रदेश नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा आज पोखरामा आयोजना गरिएको पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्वन्धी कार्यक्रममा सहभागिहरुले जलवायु परिवर्तनका कारण हुन सक्ने खाध्य संकटका लागी वेलैमा सचेत हुनुपर्नेमा जोड दिए ।

 

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनवहादुर क्षेत्रीले जलवायु परिवर्तनले जीवनमा पार्न सक्ने विषयलाई वेलैमा स्थानीय निकायले सम्वोधन गर्नुपर्ने वताए । खाध्य सुरक्षाका लागी पहिले उत्पादन वढाउनु पर्ने, जमिन वाँझो राख्न नहुने, उत्पादीत खाध्यान्न सहज र सरल रुपमा वनाउन जनताको क्रयशक्तिमा वृद्धी हुनुपर्ने, लगाएतका विषयमा जोड दिए ।

 

कास्कीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले जलवायु परिवर्तनका वाहक वनेका विकसित राष्ट्रले फालेको कार्वन व्यवस्थापनका लागी प्राप्त गर्नुपर्ने रकम नेपालले प्राप्त गर्न नसकेको वताए ।

 

स्थानिय ज्ञान सीप अनुभवका आधारमा जलवायु परिवर्तन र यस्ले पार्ने असरका वारेका सुझाव संकलन गरी सरकारलाई नीति निर्माण तहमा सघाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको संयुक्त राष्ट्रसंघ विश्व खाध्य कार्यक्रमका गणेश तिमिल्सेनाले वताए । कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका प्रविण ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विश्व खाध्य कार्यक्रमका विष्णु आचार्य, र यज्ञ पुनले गरेका थिए । कार्यक्रममा कास्कीका पाँच पालिकाका जनप्रतिनिधि सहित स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...