न्यायिक सम्मेलनको तयारी तिब्र, प्रचारप्रसार र अतिथि सत्कार उपसमितिको बैठक

पोखरा,चैत १० गते । सफल पोखरा महानगरपालिकाको न्यायिक समितिको आयोजनामा पहिलो पटक आयोजना हुने “न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८” को तयारी तिब्र पारिएको छ । सम्मेलन सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएका छन् । चैत १४ गते हुने सम्मेलनको प्रचारप्रसार र अतिथि सत्कार उपसमितिको बैठक बिहिबार सम्पन्न भएका छन् ।

प्रचारप्रसार समितिका संयोजक एवं महानगरका प्रवत्ता धनबहादुर नेपालीको अध्यक्षतामा भएको बैठकले सम्मेलनको प्रचारमा सुचना प्रविधिको उच्चतम प्रभावकारी प्रयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय, स्थानीयस्तरमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलभिजन र सामाजिक सञ्जालहरु मार्फत सम्मेलनको प्रचारलाई प्रभावकारी बनाउने संयोजक नेपालीले बताउनुभयो ।‘ पहिलो र सकरात्मक कार्यक्रम हो । त्यसैले यसको प्रचारमा कुनै कमी हुन नदिन प्रचारलाई प्रभावकारी बनाइनेछ ।’ उहाँले कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन सञ्चार माध्यको भुमिका प्रभावकारी हुने भएकाले सहयोग गर्न सवै सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । प्रचार उपसमितिको सदस्यहरुमा कार्यपालिका सदस्य पुष्पाघले पहारी, वडा नम्वर १० का सदस्य निशा मल्ल ठकुरी, मेयरका प्रेस संयोजक माधव बराल, नवराज सापकोटा, एकराज गिरी र पुष्पाञ्जली अधिकारी रहनुभएको छ । त्यस्तै अतिथि सत्कार समितिको बैठकपनि सम्पन्न भएको छ ।

 

अतिथि सत्कार समितिका संयोजक पार्वती कार्कीको अध्यक्षमा सम्पन्न बैठकले अतिथिहरुको स्वागतमा कुनै कमि हुन नदिने निर्णय गदै प्रमुख अतिथि लगायत देशभरका पालिका बाट आउने उपप्रमुहरुलाई पञ्चेबाजा सहित पुष्प गुच्छाले भब्य स्वागत गर्ने बताउनुभयो । त्यस्तै विभिन्न आमा समुहहरुले लामबद्ध भएर स्वागत गर्ने तयारी भैरहेको बताउनुभयो । अतिथि सत्कार समितिको सदस्यहरुमा वडा नम्वर ५ का सदस्य अञ्जु केसी, सामाजिक विकास महाशाखाका महिला अधिकृत विष्णुमाया पौडेल, महानगर लेखा शाखा जुना रिजाल, शिवहरी शर्मा रहनुभएको छ । न्यायिक समितिको सम्मेलनका लागि महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने यसको संरक्षकमा प्रमुख मानबहादुर जिसी रहनुभएको छ ।

 

मूल समितिको सदस्यमा महानगरका प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्याल, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, १ देखि ३३ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, न्यायिक समिति सदस्य, वडा सदस्यहरु सबै, महाशाखा प्रमुख र पोखरा प्रज्ञा प्रतिष्ठानका सबै सदस्यहरु र शाखा प्रमुखहरु सबै रहनुभएको छ । मुल आयोजक समितिको सदस्यसचिवमा महानगरका वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा रहनुभएको छ । मूल आयोजक समितिको बैठक शुक्रबार दिउसो बस्ने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...