पोखरा, चैत २९ गते ।कास्कीको रुपा गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले पुरानैलाई उम्मेदवार बनाउने भएको छ । वर्तमान अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई नै उम्मेदवार बनाउने भएको हो ।

आज बसेको एमाले रुपा गाँउपालिका कमिटिको बैठकले ओझा र गुरुंगलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गदै जिल्ला कमिटिमा नाम सिफास गरेको छ । रुपा गाँउपालिकामा पाँच वर्षमा गरेको कार्यहरुलाई मुल्यांकलन गदै दोश्रो पटक पनि दोहोर्याउने निर्णय पार्टीले गरेको हो ।