पोखरा, बैशाख २ गते ।।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुलाई कानूनी अधिकार बारे ज्ञान नहुदाँ समस्यामा पर्ने गरेको बताउनु भएको छ । पोखरा २७ मा रहेको सक्नेरी बुद्ध आमा समुहले आयोजना गरेको कानुनी सचेता कार्यक्रमको उद्घाटन गदै उहाँले कानूनले व्यवस्था गरेका अधिकार बारे ज्ञान नहुदाँ झन्झटमा पस्ने गरेको बताउनुभयो ।
कानूनको अज्ञानता क्षम्य नहुने बताउदै उहाँले भन्नुभयो, कानूनी व्यवस्था बारे महिलाहरु जानकार हुनुपछए उहाँले भन्नुभयो, ‘धेरै जना महिला कानूनी ज्ञानबारे जानकार नहुदाँ मुद्धा मार्मिलाको झन्झटमा पर्ने गरेका छन् । त्यसैले पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।’ उहाँले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नहुदाँ सम्म पछाडी पर्ने बताउदै आर्यआर्जनसंग जोडिएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउदै उद्यमशील बनाउन उपप्रमुखसंग महिला कार्यक्रम मार्फत सस्तो ब्याजदरमा ऋण प्रवाह गदै आएको समेत बताउुनुभयो ।
कार्यक्रममा तमुधी नेपालका उपाध्यक्ष पवित्रा गुरुङले महिलाहरुले कानूनी व्यवस्था बारे जानकार हुनुपर्ने बताउदै सामाजिक र राजनीतिक रुपमा अगाडी बढन आग्रह गर्नुभयो । सक्नेरी बुद्ध आमा समुहका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष नमिता गुरुङ, सचिव लक्ष्मी गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने छ ।पहिलो दिन महिला अधिकार कानूनी व्यवस्था बारे अधिवत्ता जुनाकुमारी गुरुङले सहजीकरण गर्नुभएको थियो ।