कास्कीकोट युवा सञ्जालले उम्मेदवारसगँ प्रतिबद्धता कार्यक्रम गर्ने

पोखरा , १५ बैशाख/हाम्रो कास्कीकोट युवा सञ्जालले  मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रम संचालन गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटलाई केन्द्र बनाएर स्थापित भएको हाम्रो कास्कीकोट युवा सञ्जाल कास्कीकोटको सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यटकीय विकासमा क्रियाशील संस्थाले  बैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि उम्मेदवारी दिने वडा र महानगरपालिकाका उम्मेदवारह?को प्रस्तुती रहने गरि “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रमको आयोजना गर्न लागेको संञ्जाललका संयोजक शितल गिरीले जानकारी दिनु भयो ।

आगामी आईतवारका दिन हामीले सञ्चालन गर्ने यस कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर तथा वडा नं. २४ का वडाध्यक्ष पदका सम्पूर्ण उम्मेदवारह?लाई आफ्नो उम्मेदवारीको औचित्य, योजना तथा प्रतिबद्धताह? प्रत्यक्ष ?पमा जनताह? माझमा प्रस्तुत गर्ने गिरीले बताउनु भयो /कुनै पनि दलको प्रतिनिधित्व गरेका वा स्वतन्त्र ?पमा आफ्नो उम्मेदवारी दर्ता गरेका उम्मेदवारह?ले यसमा भाग लिन सक्ने संजालले जनाएको छ । । कार्यक्रमलाई आकर्षक र व्यवस्थित ?पमा सञ्चालन गर्नका लागि विभिन्न उपसमितिह? समेत गठन गरि कामलाई अगाडि बढाइएको पोखरामा आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो  ।

कार्यक्रमवाट लिएका प्रतिबद्धता अनुसार काम गर्नका लागि भोलिका दिनमा हामी निर्वाचित भएर आउने प्रतिनिधिह?लाई सजग गराउने साथै बार्षिक ?पमा समीक्षा एवम् खवरदारीका लागि जनसहभागितामुलक कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य लिएको कार्यक्रम संयोजक गौरव त्रिपाठीले बताउनु भयो ।

त्रिपाठीले भन्नु भयो “हाम्रा स्थानिय निकायको परिवर्तन तथा विकासका लागि महत्वपूर्ण भूमिका चुनिएर आउने जनप्रतिनिधिको नै हुन्छ । उनीह?को सक्षमताको उपयोग गर्नका लागि नागरिक सक्रियताको आवश्यकता हुन्छ । मतदान गर्दा कस्तो उम्मेदवारलाई मतदान गर्दैछौं भन्ने कुराको हेक्का भएको खण्डमा आफ्नो क्षेत्रको विकास र परिवर्तन चाहने व्यक्तिले पक्कै पनि सहि निर्णय लिन्छन । यसै तथ्यलाई मनन् गरेर संस्थाले यस प्रकारको कार्यक्रमको आयोजना गरेको हो ।

यो कार्यक्रम सम्भवतः नेपालमै एउटा नयाँ भएको संञ्जालले जनाएको छ । यो कार्यक्रमले  राजनीतिक नेतृत्वमा हुनुपर्ने सञ्चार, व्यवस्थापन, प्राविधिक र नेतृत्व सम्बन्धि दक्षता जांच्नुका साथै आम सर्वसाधारणलाई असल, जिम्मेवार र भिजनरी जनप्रतिनिधि चुन्न सघाउ पुर्याउँनेछ सञ्जालको ठम्माई रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...