पोखरा, १९ बैशाख ।गठबन्धनको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा उम्मेदवारी दिएकाउम्मदेवारहरुले सोमबारबाट घरदैलो अभियानथालेका छन् । नेपालीकाँग्रेसबाट गठबन्धनको अध्यक्षउम्मेदवार बनेका देवराजआचार्यसहित सदस्यपदकाउम्मेदवारहरु घरदैलोमा सहभागी छन् ।

‘गठबन्धनले यो पटक पोखरा १७ मा जसरी पनिजितनिकाल्ने कुरामाहामी ढुक्क छौँ । एमालेको गढ भनेर दाबी गरिएपनि यो पटक गठबन्धनले त्यो गढ भत्काएरै छाड्छ ।’ गठबन्धनको तर्फबाट पोखरा १७ को अध्यक्षमाउम्मेदवारी दिएका देवराजआचार्यले भने–‘एमालेका यसभन्दा अगाडिका जनप्रतिनीधिले गरेका अनियमितताले नै उनीहरुको गढ भत्काउने निश्चित छ ।’
घरदैलोमा उम्मेदवारहरुसहित नेपालीकाँग्रेसका नेता गुरु बरालपनि सहभागी छन् । बरालले यो पटक पोखरा १७ मा गठबन्धनले चुनावजित्ने कुरामाकुनै शंका नरहेको प्रस्ट पारे । ‘त्यसो त यो पटक गठबन्धनकै बलले चुनावजित्नेमा हामी ढुक्क छौँ । यद्यपियसअगाडिका जनप्रतिनीधिसँगयहाँकामतदातावाक्कभएका कारण पनित्यसको प्रत्यक्षलाभहामीलाई मिल्नेछ ।’ काँग्रेस नेता बरालले भने–‘जनताको कामप्रति गैरजिम्मेवार रहने जनप्रतिनीधिलाई जिताएर वडाबासीलाई फाइदापनि छैन ।’
त्यस्तै नेकपाएकिकृत समाजबादीकापोखरा १७ का अध्यक्षपोखरामा १७ मा यसअगाडि एमालेका तर्फबाट जितनिकालेका जनप्रतिनीधिहरुले धेरै अनियमितता गरेको आरोप लगाए । ‘त्यसै त एमालेकाजनप्रतिनीधिहरुको खराब कामले मतदाताआजित छन् । फेरि त्यस्तै नेतृत्व वडालाई सुम्पनेवालामाकुनै वडाबासी छैनन् ।’आचार्यले भने–‘अर्कोतर्फ यो पटक गठबन्धनले पनिकाम गर्छ ।’
सोमबार भ्याङलुङखोलाबाट शुरु भएको घरदैलो कार्यक्रम सिमलटुंडा हुँदै वाराही टोल पुल्चोक, भयरनाथ देखि नागेश्वर मार्ग वेलघारी, शितल चौतारी, रत्यौली (आहालमार्ग) हुँदै पश्चिमदुर्गा मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै आजै छोरेपाटनकै दामोदार खोलाहुँदै संगमपथ चोक, अमले मागै, शितलपथ, तितेपानी, कसेरीबस्तीहुँदै डेभिजफलसम्मपुग्ने कार्यक्रम रहेको घरदैलो कार्यक्रमका सँयोजकप्रकाश सुवेदीले जानकारी दिए ।
पोखरामा १७ मा गठबन्धनको तर्फबाट अध्यक्षमा देवराजआचार्यसहित सदस्यहरुमाविक्रम भण्डारी, गोबिन्द बराल, रञ्जिता सुबेदी र शोभाविश्वकर्माले उम्मेदवारी दिएका छन् ।
घरदैलोकै क्रममा पार्टी प्रवेश
घरदैलोकै क्रममा सोमबार एमाले परित्याग गरि २ जनायुवाहरु नेपालीकाँग्रेसमा प्रवेश गरेका छन् । एमालेमा सकृय हुँदै आएकापोखरा १७ कै सन्तोष बस्याल र दीपेश लामिछाने पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपालीकाँग्रेसका नेता गुरु बरालर गठबन्धनबाट पोखरा १७ मा उम्मेदवारी दिएका देवराजआचार्यले अबिर र खादालगाएर काँग्रेसमा स्वागत गरेका थिए । २ जनायुवाहरुलाई स्वागतगर्दै काँग्रेस नेता बरालले काँग्रेसप्रतिजनस्तरमा देखिएको आकर्षण बडो गज्जबको भएको बताए । उनले काँग्रेस पार्टीले युवा नेतृत्वलाई अगाडि सारिरहेको परिप्रेक्ष्यमाप्रजातान्त्रिकविचार राख्ने सबै युवाहरुको साझा घर काँग्रेस नै भएको बताए ।
पार्टी प्रवेशपछि बस्याल र लामिछानेले यो चुनावअवधीभर आफूहरु दत्तचित्तभएर गठबन्धनको प्रचारमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।