पोखरा महानगरका रिज्याल सामान्यमा सरुवा, बुटवलका भारती पोखरा आउने

पोखरा, साउन ३ गते ।पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल सहित १५ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत रिज्याललार्ई संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत सरुवा गरिएको छ ।पोखरा महानगरपालिकामा बुटबल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती आउनुहुने भएको छ ।

 

यस्तै संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने सहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ ।

 

अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

 

यसैगरी राष्ट्रिय समावेशी आयोगका शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

 

रक्षा मन्त्रालयका कृष्ण प्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

 

प्रशासन ब्यूरोलाई प्राप्त विवरण अनुशारसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

 

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुर, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीलाई पोखरा महानगर र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको सिंहदरवार स्रोतले जानकारी गराएको छ ।

स्रोत प्रशासन अलनाइन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...