त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औ निर्वाचनबाट प्रगतिशील कर्मचारी संगठनका तर्फबाट नेतृत्व गर्नुभएका छत्र बहादुर कार्कीको प्यानललाई संघका निवर्तमान अध्यक्ष भोज कुमार राउतले त्रि.वि. सभाहलमा गरिएको भव्य समारोहमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कर्मचारी संघका नवनिर्वाचितलाई बधाई तथा शुभकामना प्रदान गरियो । पुष्पगुच्छा, अबिर र खादा र ढाका टोपी लगाई बधाई ज्ञापन गरिएको हो । उक्त कार्यक्रममा निवर्तमान कोषाध्यक्ष र महासचिवले वर्तमान् कोषाध्यक्ष र महासचिवलाई लेखा तथा प्रशासनिक माइन्युट र चेकबुकहरु हस्तान्तरण गरियो । उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष छत्रबहादुर कार्कीले त्रि.वि. सुधारका लागि सबै पक्षसंग सहकार्य गर्दै अघि बढ्ने संकल्प गर्नुभयो ।
त्रि.वि. मा रहेका कर्मचारीहरुका तमाम समस्याहरुलाई समाधानका लागि नत्रि.वि. का नेतृत्व समक्ष राख्ने बताउंदै त्रि.वि. का समस्या समाधानका लागि सत्रि.वि. मा रहेका सबै संघ, संगठनहरुसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै अहिलेको कर्मचारी संघमा सबैको जित भएको बताउनु भयो । उक्त कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष भोजकुमार राउतले आफूले त्रि.वि. कर्मचारीसंघमा सबैभन्दा लामो समय काम गरेको र त्रि.वि. मा कार्यरत कर्मचारीकै पक्षमा काम गरेको र आगामी दिनहरुमा छत्रबहादुर कार्कीको टिमलाई सक्दो सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा त्रि.वि. का बिभिन्न महाशाखा प्रमुखहरु विभिन्न क्याम्पस, कार्यालयका कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त निर्वाचन २०७९ आषाढ १० गते सम्पन्न भएको थियो ।
निर्वाचनमा एमाले समर्थित त्रि.वि. कर्मचारी संगठनका अध्यक्ष समेत रहेका छत्र बहादुर कार्कीको प्यानल र नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट पुण्य प्रसाद आचार्य उम्मेदवार बनेका थिए ।