शिखर छहारी सांस्कृतिक कला केन्द्र द्धारा आयोजित चौथो उपत्यकाव्यापी बिबाहित महिला समूहगत तीज नृत्य प्रतियोगिता २०७९ सम्पन्न भयो उक्त कार्यक्रममा २५ वटा टिम सहभागी भएका थिए ।
नेपाली कला, संस्कृति र मौलीक परम्परा जर्गेना गर्ने उद्धेश्यले आयोजना गरिएको तीज नृत्य प्रतियोगीता मार्फत हाम्रा समाजमा रहेका विविध विषयबस्तुहरुलाई नृत्य मार्फत प्रस्तुत गरिएको थियो । उक्त
कार्यक्रममा निर्णायकको भूमिकामा मोडल तथा कलाकार प्रकाश श्रेष्ठ शारदा शर्मा सोतु , मायां थापा र हांस्य कलाकार निर्मलीले भूमिका निर्वाह गर्नु भएको थियो । निकै नै प्रतिस्पर्धात्मक रहेको उक्त कार्यक्रममा विजयीहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो ।
उक्त तीज गीत नृत्य प्रतियोगितामा सप्तरंगी कला केन्द्र प्रथम, बेशी गाउं महिला समूह द्धितिय, रिम्स इङ्गलीस स्कूल तृतीय, चामुण्डा मा.वि.चतुर्थ र टाइम लाइन इङ्गलीस स्कूल पांचौ भएका थिए । बिजयी समूह मध्ये प्रथमलाई रु २००००, मेडल, शिल्ड र प्रमाणपत्र, १५०००। मेडल, शिल्ड र प्रमाणपत्र, ततृतीयलाई १००००। मेडल, शिल्ड र प्रमाणपत्र तथा सान्त्वनालाई ५०००। मेडल, शिल्ड र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि सभासद कृष्ण राईले वितरण गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथिले हाम्रे मौलीक परम्परा जर्गेना गर्नका लागि यसप्रकारको कार्यक्रमले महत्वपूर्ण स्थान दिने बताउनु भयो । त्यस्तै गरी बिशिष्ठ अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले तीज गीतहरुमा नयांपन आउनुपर्ने र यस्ता प्रतियोगीताहरु मार्फत नारी रोदन र पीडा प्रष्फुटन हने बताउंदै सांस्कृतिक कलाको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रममा बिशिष्ठ अतिथि, गोकर्णेश्वर नगरपासिलकाका उपप्रमुख साननी लामा लगायतका अन्य अतिथिहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम उद्घोषण ऋषिकेश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सभापति शिखर छहारी कला केन्द्रका कल्पना राजतल श्रेष्ठ हुनुहुन्थ्यो ।