पोखरा, असार । पोखरा महानगरपालिका–१७, बिरौटामा एक पुरुषले अधबैंसे महिलामाथि चक्कु प्रहार गरेका छन्।
आज अपराह्न ४ बजेर ७ मिनेटतिर चौतारी क्षेत्रमा भएको घटनामा अन्दाजी ४० वर्षीय पुरुषले ती महिलाको कम्मर, ढाडलगायत शरीरका विभिन्न भागमा अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनापछि स्थानीयवासीले तत्कालै हस्तक्षेप गर्दै मास्क लगाएका ती पुरुषलाई नियन्त्रणमा लिएका थिए। स्थानीयले कुटपिटसमेत गरी उनलाई चक्कुसहित केही सेकेन्डमै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जनाइएको छ।
घाइते महिलालाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनामा संलग्न पुरुष र घाइते महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।