५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरामा सञ्चालनमा रहेका बाल गृहका बालबालिकाहरुवीचको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायि सरकार” भन्ने विषयमा आयोजना गरिएको प्रतियोगितामा कृतिका ढकाल प्रथम, सिजना शर्मा दोश्रो र आशा नेपाली तृतिय स्थान प्राप्त गर्नु सफल हुनुभयो ।
प्रतियोगितामा बबिता थामा मगर,समिरा वि.क, विपना स्याङताङ, निसान परियारले सान्त्वन स्थान प्राप्त गर्नुभयो । प्रथमले ५ हजार, द्धितियले ३ हजार, तृतियले २ हजार र सान्त्वना स्थापन प्राप्त गर्न सफल चार जनाले जनही १÷१ हजार प्राप्त गर्नुभयो ।
कार्यक्रममा विजेता बालबालिकालाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, लगायतले नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।प्रतियोगितामा पोखरा महानगरभित्र रहेका बिभिन्न बाल गृहका १७ जना बालबालिकाले सहभागीता जनाएका थिए ।
कार्यक्रमको उदघाटन पोखरा महानगरका मेयर धनराज आचार्यले गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा रामहरी ढुंगाना, केशव पौडेल र बद्री आचार्य रहनुभएको थियो ।