पाेखरा, पुस १५ गते ।गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाएका छन । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ ।
याे पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा मनाइएको छ । पाेखराका तमुहरुले शनिबार शुभकामना रयालि सहित मनाउने छन ।
उद्घाटन कार्यक्रम बाेल्दै उपप्रमुख गुरुङले गुरुङ संग्रहालयलाई पर्यटनकीय र अध्ययन केन्द्रका रुपमा बिकास गर्नुपर्नेमा जाेड दिनुभयाे । सामग्री भण्डारका रुपमा मात्रै नभई पर्यटकीय गन्तव्य र अध्ययन केन्द्रका रुपमा विकास गर्ने तर्फ ध्यान दिन जरुरी रहेकाे बताउनु भया ।उहाँले संस्कार र संस्कृति संरक्षणका लागि पुस्तान्तरण हुनुपर्छ भन्नुभयाे ।उपप्रमुख गुरुङले संग्रहालय गुरुङहरुकाे मात्रै नभई ममहानगरकाे सम्पत्ति भएकाे बताउदै संरक्षणका लागि सहयाेग गर्ने प्रतिबद्वता ब्यत्त गर्नुभयाे।