पोखरामा सुशासन र सामाजिक रूपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा, भदौ १३ गते । नेपाल समाजशास्त्र संघले पोखराको पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण विकास विभागसँगको सहकार्यमा नेपाल समाजशास्त्र संघले पोखराको पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण विकास विभागसँगको सहकार्यमा सेप्टेम्बर १–३, २०२३ मा “नेपालमा सुशासन र सामाजिक रूपान्तरण” सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

 

 

यहि सेप्टेम्बर १–३, २०२३ मा “नेपालमा सुशासन र सामाजिक रूपान्तरण” सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरि समाज विज्ञानका स्वदेशी तथा विदेशी विद्वानहरूलाई नेपालको परिवर्तनको प्रक्रिया र यसको शासन प्रणालीबारे छलफल र विश्लेषण गर्न गरिने भएको छ ।

 

 

नेपालको विभिन्न क्षेत्रमा कार्यरत सबै समाजशास्त्रीहरूको व्यावसायिक संस्था नेपाल समाजशास्त्र संघ नेपाली समाजको अध्ययन, अनुसन्धान, विश्लेषणको साथै समाजशास्त्रको  अभिवृद्धिमा समर्पित रहदै आएको छ ।
समाजशास्त्र सम्बन्धी प्राज्ञिक अनुसन्धान गर्ने र समाजशास्त्रीय अनुसन्धानलाई प्रवद्र्धन गर्ने, विभिन्न सामाजिक विषयहरूमा समाजशास्त्रीय बहसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनहरू आयोजना गर्ने गरेको छ ।

 

 

समाजशास्त्रसँग सम्बन्धित अनुसन्धान प्रतिवेदन, गोष्ठी, जर्नल र पुस्तकहरू प्रकाशन गर्ने, नेपालको समाजशास्त्रको विकासमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने, समाजशास्त्रीहरूको व्यावसायिक अधिकार सुरक्षित गर्न, व्यावसायिक उत्कृष्टता र नैतिकता कायम राख्न सहयोग गर्ने र समाजशास्त्रीहरूको क्षमता अभिवृद्धिको अवसर सृर्जना गर्ने संस्थाका उद्देश्यहरु रहेको नेपाल समाजशास्त्र संघका अध्यक्ष प्रा.डा. गणेशमान गुरुङले जानकारी दिनुभयो ।सम्मेलनमा नेपाल, भारत, चिन, बेलायत, जापन, नर्वे, अमेरिका लगायतका मुलुकहरुबाट कार्यपत्र सहितको सहभागिता सुनिश्चितता भएको छ । सम्मेलनमा समाज विज्ञानका विभिन्न विषयहरुमा ५० भन्दा वढि कार्यपत्र प्रस्तुत हुनेछन ।

 

 

सम्मेलन पर्यटकिय र प्राकृतिक सुन्दरताले भरिपूर्ण कास्कीको लुम्लेमा रहेको कृषी अनुसन्धान निदेशनालयको सभाहलमा सम्मपन्न हुने बताइएको छ । दुई चरणको कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ गते विहान १० बजे उद्घाटन सत्र र त्यसपछि कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ । आवासिय रुपमा सञ्चालन हुने उक्त ३ दिने सम्मेलनमा १८० जना समाजशास्त्रीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनले समाज विज्ञानका विषयहरुमा स्पष्ट धारणा निर्माण गर्नुको साथै पोखराको पर्यटनलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...