पोखरा ।रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ ।
हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्धितिय, जयमुल आमा समुह वडा नं. २ तृतीय र कमल जौसी आमा समुह वडा नं. २५ सान्त्वना हुन सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्यमा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट भेषभुषामा माछापुच्छ«े आमा समुह वडा नं. १४ लाई तीन÷तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीकुमारी बस्नेतले पहिलेका तिजका भाकामा पिडादायी शब्दहरु पाउन सकिन्थ्यो भने अहिले सम्बृद्धि र आर्थिक सशत्तिकरणका सन्देशलाई सुन्न पाइन्छ जुन सकारात्मक विषय भएको बताउनुभयो ।
उहाँले तिज एउटा महत्वपूर्ण धार्मिक पर्व भएकोले अवको सन्ततीले संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रेडियो जननीको यो कार्यक्रमले सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताउनुभयो । अबको कदम भनेको महिलाको आर्थिक सशत्तिकरणतिर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
खकुरेल काठमाण्डौ, तृतीय पुरस्कार प्रायोजन रेडियोका शेयर सदस्य तथा वरीष्ठ स्त्री रोग बिशेषज्ञ डाःगोमा तुलाचन, सान्तवना पुरस्कार छिनेडाँडा पोखरा १४ का समाजसेवी सबिता कार्की गर्नुभएको थियो भने रेडियोका शेयर सदस्य तथा एम पी चष्मा घरका जुना पन्त, रेडियोका वोर्ड सदस्य देवकुमारी हिराचन, शेयर सदस्य सीता पाण्डे, ईनफोम्याटीम ईन्स्टिच्युट सृजनाचोक, जर्मन बेकरी, रिलायबल नेपाल लाईफ ईन्स्युरेन्स पृथ्वीचोक शाखा, आजीवन सदस्य लायन्स क्लब अफ पोखराका निवर्तमान अध्यक्ष लक्ष्मि रेग्मी, पोखरा १७ का विमल भट्टराई, मुस्ताङ्ख चोक पोखरा प्रमकुमारी केसी र पोखरा १७ का कमल भट्टराईले पनि सहयोग गरेका थिए ।
रेडियो जननीका अध्यष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन रेडियोका निवर्तमान अध्यक्ष सविता शेरचन र कार्यक्रम सञ्चालन रेडियोका कार्यक्रम संयोजक सबु पाठकले गर्नुभएको थियो ।