पाेखरा,मसिंर १ गते ।प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश स्तरिय युथ फोरमको पोखरामा शुभारम्भ भएको छ ।
नेपाल स्काउट गण्डकी प्रदेश सम्योजक आशीर्वाद सुबेदीको अध्यक्षतामा संचालित कार्यक्रममा गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्दै ६० जना रोभर रेन्जर तथा युवा स्काउटहरुको सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै नेपाल स्काउट गण्डकी प्रदेश सम्योजक आशीर्वाद सुबेदिले युवाहरु नै रास्ट्र निर्माणको मेरुदण्ड रहेकोले राज्यले युवा मैत्री योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने बताउनु भयो।
विश्व स्काउट सङ्गठनको मूल्य, मान्यता र युवा मन्च सन्चालन निर्देशिकाको अधिनमा रहि स्काउटिङ क्षेत्रमा प्रक्रियागत रुपमा लागिरहेका युवाहरुको रुचि र आजको आवस्यकतालाई निर्णायक तहसम्म छलफलको बिषयबस्तु बनाई आवस्यक निर्णय गरि कार्यान्वयन गर्नका लागि यो Youth Forum महत्वपूर्ण हुने विश्व स्काउट संगठन Wosm Consultant तथा युथ फोरम प्लानिङ टिम का सम्योजक देबराज घिमिरेले बताउनु भयो।
कार्यक्रम मङ्सिर ३ गते सम्म सन्चालन हुने गण्डकी प्रदेशका प्रदेश अधिकृत बिजय पौडेलले बताउनु भयो ।