पाेखरा महानगरपालिकाकाे न्यायिक समिति सदस्यमा रजनी परियार नियुक्त हुनुभएको छ ।
न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजिनामा दिएपछि रिक्त भएकाे न्यायिक समिति सदस्यमा पाेखरा महानगरपालिकाकाे १४ औँ नगरसभाले पाेखरा वडा नम्बर १३ बाट निर्वाचित वडा सदस्य परियारलाई चयन गरेकाे हाे ।
आइतबार साँझ सम्पन्न नगरसभामा सभाका अध्यक्ष महानगरका मेयर धनराज आचार्यले परियारकाे नाम सभामा प्रस्तुत गरेका थिए । नगरसभाले परियारकाे नाम अनुमाेदन गरेकाे हाे । न्यायिक समिति संबैधानिक समिति हाे । नेपालकाे संविधानमा यसकाे व्यवस्था गरिएकाे छ ।
न्यायिक समितिकाे संयाेजकमा उपप्रमुख मञ्जुदेवी गुरुङ रहनुभएकाे छ भने अर्को सदस्यमा पाेखरा २९ बाट निर्वाचित सदस्य कालिदास पाेखरेल रहनुभएकाे छ ।सदस्यमा नियुक्त परियारलाई आजै पद तथा गाेपनीयताकाे शपथ गराईएकाे छ ।