गण्डकी सरकारको नीति कार्यक्रम नारामुखी मात्रै :सासद केसी

पोखरा, जेठ । गण्डकी पदेश सरकारले ल्याएको नीति तथा कायक्रम नारामा मात्रै सिमित रहेको भन्दै आलोचना गरिएको छ । गण्डकी प्रदेश सभा बोल्दै प्रतिपक्ष सासदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम नारामुखी भएको बताए ।

गण्डकी पदेश सभा सदस्य प्रकाशबहादुर केसीले नीति कार्यक्रमका बारेमा बोल्दै गत वर्ष फ्राइडे फर फ्युचर कार्यक्रम ल्याइयो तर यसको कुनै औचित्य नभएको बताए । उनले हाम्रा विद्यालयहरु यो नीति ल्याउन भन्दा पहिला जसरी चल्थे अहिले पनि त्यसरी नै चलिरहेका छन् त्यसैले औचित्यहिन भए ।

 

उनले बुदा नम्बर ३४ मा “प्रदेश सरकारको साझेदारी बाझो रहन्न खेतबारी” भन्ने नारा उल्लेख गरिएको बताउदै अघिल्लो आर्थिक बर्षमा पनि यो नारा समावेश गरिएको बताए । उनले भने यो नारा सुन्नमा निकै राम्रो छ तर कार्यान्वयन गर्नु पर्दैन भन्दै अघिल्लो बर्षमा के कति बाँँझो जमिनमा खेती भयो र कृषिमा के परिवर्तन भयो ।

 

प्रदेशले यो कार्यक्रम ल्याएकै कारण केही परिवर्तन भयो भन्द्र पश्न गरे । उनले प्रदेश सरकारले नारा ल्याउने तर नारा ल्याउनुअघि र पछि फरक पर्दैन भने त्यसको अर्थ नहुने भएकाले प्रभावहिन कार्यत्रक्रम सधैं किन दोहोर्याउने भन्दै सरकारलाई पश्न गरे । कार्यान्वयन नहुने नीतिले
पानामात्रै बढाउन बाहेक काम नभएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...