पुष्पलालको स्मृतिमा युवा संघ कास्कीको रक्तदान, ७८ युनिट रगत संकलन

गणतन्त्रको विकल्प छैन् : एमाले नेता अधिकारी

पोखरा, साउन ५ गते । ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा राष्टिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखराको पृथ्वीचोकमा आयोजित रक्तदानमा ७८ यूनिट रगत संकलन भएको छ । कार्यक्रमको उदघाटन नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका िनवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरे । कार्यक्रममा बोल्दै अधिकारीले नेपालमा गणतन्त्रको विकल्प नभएको दावी गरे ।

fi

 

 

 

 

 

 

उनले जनताको सेवा गर्ने गणतन्त्रको विकल्प हुनै नसक्ने ठोक्कुवा समेत गरे । संघीयता विरोधीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्रको विरोधीका रुपमा प्रस्तुत गर्न खोजेका छन् उनले भने, “यो सरकारबाट बाहिर जानुपर्ने अवस्थाको उपज हो । हामी कसैका विरोधी हैनौ, गरिवी, अभाव, अशिक्षा र बेरोजगारीका विरुद्ध हो ।” उनले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले देशलाई विकास निर्माण, विचार र राष्टिय स्वाधिनताको झण्डा माथि उठाउन सफलताको शुभकामना सहित बधाई ज्ञापन गरे ।

 

नेता अधिकारीले आफुहरु पार्टीभित्रको गुटबन्दी, अराजकताको विरुद्धमा रहेको समेत बताउदै भने,“काम नगर्ने कुरा लगाउनेहरुका दिन गए ।हामी हाम्रो काम गरेर आफनो पौरखमा रमाउन चाहन्छौँ ।” उनले राष्टिय एकता र पार्टीभित्रको एकताका पक्षमा छौँ रहेको समेत बताए ।उनले युवा संघले बाढि पहिरोमा परेकाहरुलाई उद्धारमा जुटेको बताउदै आगामी दिनमा पनि रचनात्मक क्रियाकलापमा सहभागी हुन् आग्रह गरे । कार्यक्रममा रक्तदाताहरुलाई नेता अधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण थापा, कास्की जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम युवा संघ कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...