पोखरा, साउन । नेपाली काँग्रेस कास्कीको एक टोली बुधवार संघिय राजधानी प्रस्थान गरेको छ ।समग्र कास्कीको विकासका वारेमा संघीय मन्त्रलायमा ध्यानकर्षण गराउने उद्देश्यका साथ नेपाली काँग्रेसका नेता, पोखराका पर्यटन व्यवसायी, उद्योग व्यवसायी सहितको टोली राजधानी प्रस्थान गरेको हो ।
टोलीमा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री विन्दुकुमार थापा, केन्द्रीय सदस्य शारदा पौडेल, पूर्व सभापति सोभियत बहादुर अधिकारी, सचिव देवेन्द्र रानाभाट, सहसचिव नविन सिग्देल, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्ली जनप्रतिनिधि प्रकाश कोइराला, प्रकाश कार्की, शुशिल वास्तोला युवा नेता सुरेन्द्रवावु तिवारीलागयत पोखराका पर्यटन व्यवसायी, उद्योग व्यवसायीको सहभागिता रहेको छ ।
कास्कीका नागरिकका आवाज र आवश्यकलाई सम्वोधन गराउनका लागि प्रधानमन्त्री सँगै संघीय मन्त्रालयमा ध्यानकर्षण गराउने कार्यक्रम रहेको छ ।कास्कीको पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि लागएका समग्र विकासकोका विषयमा केन्द्रीय रहेकर सम्वन्धित मन्त्रालयमा ध्याकर्षण गराउने कार्यक्रम रहेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो ।
‘पोखरमा अन्र्तराष्ट्रिय विमानास्थल त वन्यो तर अहिले सम्म पोखरमा बाट नियमित अन्र्तराष्ट्रिय उडान हुन सकेको छैन यो विषय मुख्य रुपमा उठान गर्ने छौ’ सभपाति बरालले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालय मार्फत कुटनितिक पहल गरि पोखराबाट नियमिति उडान भर्नकालागि परराष्ट्र मन्त्रीलाई ध्यानकार्षण गराउने छौ ।’
फेवातालको मापदण्ड र यसको सौन्द्धर्यता, शुशासन, स्वास्थ्य, कृषि, शिक्षासगै विकासका वारेमा सम्वन्धित मन्त्रलायमा ध्यानाकर्षण सहित छलफल गरीने नेपाली काँग्रेस कास्कीका सहचिव नविन सिग्देलले जानकारी दिनुभयो । विहिवार प्रधानमन्त्री, संघीय मन्त्रलायका सम्वन्धित मन्त्रीलाई मन्त्रलायमा भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ ।