कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा

पाेखरा, असाेज ३० गते। बडादसैँको अन्तिम दिन कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।


गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।

 

प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...